• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Uncategorized

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमण पुष्टि

2.7K
SHARES



काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोन भाइरसको संक्रमण पुष्टि भाको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ५६ जनामा कोरोना परिक्षण गर्दा ६४ जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो ३४ घण्टामा ४५ जना कोरोना संक्रमित निको हुँदा १५ हजार ८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर ३ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयके जनाएको छ ।

यस्तै, मोरङमा ट्र्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

रंगेली नगरपालिकाको आमतोलामा आज दिउँसो भएको दुर्घटनामा ग्रामथान गाउँपालिकाकी ६० वर्षीया वैशाखी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आमतोला-तेतरियाको भित्री सडकखण्डमा प्रदेश १-०१-००१ त ९५५३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

घाइतेहरूको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक ग्रामथानका करिब ३१ वर्षीय बालक माझी फरार भएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ