काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणका कारण १ जनाको ज्यान गएको छ ।
असोज ८ गतेपछि पहिलो पटक कोरानाभाइरस (कोभिड-१९) सङ्क्रमणका कारण ज्यान गएको हो ।
कोरोना सङ्क्रमणका कारण ७८ वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्य मन्त्रालय सह प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए ।
सङ्क्रमणका कारण मृत्यु भएका पुरुषलाई सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या थियो । काठमाडौँ उपत्यकामा उपचारका क्रममा उनको ज्यान गएको हो ।
डा अधिकारी भन्छन्, ‘अन्य दीर्घरोग लागि उपचाररत व्यक्तिमा कोरोना सङ्क्रमण भई ज्यान गएको अवस्था कोरोनाकै कारण ज्यान गएको भनिन्छ ।’
पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घण्टामा १ आसय ६ जना सङ्क्रमित भएका छन् ।
प्रतिक्रिया