News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कलिउड

‘छक्कापञ्जा ४’ टिकटकमा लिक भएपछि…

1.6K
SHARES


काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’ का भिडियो क्लिप्स टिकटकमा सार्वजनिक हुन थालेपछि फिल्मको डिजिटल अधिकार किनेको कम्पनी ओएसआरले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।

ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार ओएसआरले त्यस्ता क्लिप्स पोस्ट गर्नेको पहिचान खुलाइदिन र हटाइपाऊँ भन्दै निवेदन दिएको हो ।

ओएसआरका ओम अग्रवालले आफूहरुले महंगो मूल्यमा फिल्म किनेका कारण जसरी भएपनि पाइरेसी रोक्न निवेदन दिएको बताए । फिल्मका क्लिप्सहरु एकाएक टिकटक र युट्युबमा बाहिरिंदा व्यवसायलाई नै चुनौती भएकाले आफूहरुले साइबर ब्युरो गुहारेको उनको भनाइ छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले पनि टिकटकमा भिडियो पोस्ट रोक्नका लागि आफूहरुले चलचित्र संघसँग छलफल गर्ने बताए । ‘यसरी फिल्म लिक हुँदा हामीलाई मात्र होइन हलको व्यवसायमा समेत असर पर्छ,’ गिरीले भने ।

यसैबीच, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले टिकटकमा फिल्म पाइरेसी हुने विषयलाई आफूहरुले चलचित्र संघसँगको वार्तामा एजेण्डाको रुपमा प्रस्तुत गर्ने बताएका छन् ।

बक्स अफिसमा उछाल कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’लाई टिकटक र युट्युबजस्ता प्लेटफर्मलाई नियमन गर्नुपर्ने चुनौती थपिएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया