• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कलिउड भिडियो

    लिम्बू संस्कृतिमा बनेको फिल्म ‘लुङा’ आजदेखि हलमा

    23K
    SHARES



    काठमाण्डाै।  लिम्बू संस्कृतिमा बनेको फिल्म ‘लुङा’ आजदेखि प्रदर्शनमा आएकाे छ । किरण राईको निर्देशनमा बनेको चलचित्र मसामयिक विषयवस्तुमा आधारित छ ।

    याे चलचित्रमा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीप जंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतका कलाकारकाे अभिनय रहेकाे छ । याे चलचित्र सम्पूर्ण वर्गका दर्शकका लागि रहेको निर्देशक राईले जानकारी दिए । ‘यसलाई हामीले प्रेम कथानक शैलीमा तयार गरेका छौँ’, निर्देशक राईले भने ।

    भुवन सिंह राईले लेखेकाे कथालाई प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथाको स्वरूप दिएका हुन् । यसलाई काठमाण्डौमा जीजीए ग्रुप र रिच इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनीले वितरण गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ