• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कलिउड

    ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु

    2.2K
    SHARES



    काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु भएको छ ।

    सोमबार दमकको पशुपतिनाथ मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, नारायण खाती लगायतको अभिनय रहनेछ ।

    पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा मित्र प्रधान (नर ) को निर्माण र निर्देशन रहेको फिल्मले विदेशमा रहेका नेपालीको विषयवस्तु कथा बनाएको छ ।

    फिल्मको छायांकन दमकपछि सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिका लगायतमा समेत हुनेछ । फिल्ममा दीपक शर्माको संगीत, सौरव लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफयक्स, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ