• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कलिउड

    चलचित्र काँडेतार जस्ताको त्यस्तै प्रदर्शन गर्न नपाए अदालत जाने नवल खड्काको चेतावनी

    4.9K
    SHARES

    काठमाडौँ । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले काँडेतार चलचित्रका कुनै दृश्यहरू संवाद नकाटीकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

    बुधवार (हिंजो) चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा बोल्दै उनले सेन्सर बोर्डले चलचित्रका केही दृश्य र संवादहरू काटेर मात्रै प्रसारण गर्न भन्दै चलचित्र प्रसारणमा रोक लगाएको बताएका हुन् ।

    उनले भने, ‘सेन्सर सर्टिफिकेट नउठाएको काँडेतारले पायो, कसैले त्यत्तिकै फण्डा गरिरहेको छ भन्ने किसिमको कुरा यहाँ आएपछि मैले सुनेँ, सेन्सर सर्टिफिकेट मैले पाएको छैन, सेन्सर बोर्डले सधैँको लागि चलचित्रलाई ब्यान गरेको पनि होइन ।

    त्यहाँ केही संवाद र दृश्यहरू सुधारेर ल्याउन सुझाव दिनुभएको छ । मैले पनि कुनै पनि दृश्यहरू नकाटीकन दर्शकसँग लैजान पाउँ भनेर अपिल गरेको छु, सेन्सर बोर्डले यो अनुरोध सुनेन भने त्यसको लागि न्यायालय, अदालत छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ