• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कलिउड

फिल्म ‘काँडेतार’ सेन्सर फुकुवा, निर्माता खड्का भन्छन्- चाँडै प्रदर्शन मिति घोषणा हुन्छ

7.2K
SHARES



काठमाडौं । विवादपछि फिल्म ‘काँडेतार’ सेन्सर अन्ततः पास भएको छ । चलचित्र जाँच समितिले विहीबार फिल्म हेरेपछि सेन्सर फुकुवा गरेको हो ।

निर्माता, अभिनेता तथा निर्देशक नवल खड्काले सामाना फिल्म्स प्रालिले निर्माण गरेको फिल्म सेन्सर फुकुवा भएको जानकारी गराएका छन् ।

सेन्सर पास भएपछि समिति अध्यक्ष एवं संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले निर्माता खड्कालाई प्रमाणपत्र पनि प्रदान गरेका छन् ।

सेन्सर बोर्डले अभिभावकको निगरानीमा बालदर्शकले फिल्म हेर्न मिल्ने गरि पीजी प्रमाणपत्र प्रदान गरेको छ । विहीबार सेन्सर गर्नुअघि निर्माता र सेन्सर बोर्डका पदाधिकारीबीच फिल्ममा समावेश गृह मन्त्रालयका दृश्य र भुटानबारेको संवाद हटाउने लगायतका कुरामा सहमति पनि भएको थियो ।

गत महिना नेपाल र भारतबीचको सम्बन्धमा असर पुग्ने भन्दै सेन्सर बोर्डले फिल्मलाई पास गर्न मानेको थिएन । सेन्सर पास भएपछि भने निर्माता खड्काले चाँडै प्रदर्शन मिति घोषणा गर्ने बताएका छन् ।

भारतले सीमा अतिक्रमण गरेको भन्ने कतिपय कुरामा सेन्सर बोर्ड लचिलो बनेको खड्काले बताएका छन् । सेन्सर फुकुवा भएपछि निर्माता खड्काले दवाव सिर्जना गर्ना साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ