काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताए ।
आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिबद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको बताएका हुन् ।
गभर्नर अधिकारीले शेयर बजार बढ्नु र कहिलेकाहीँ घट्नु स्वभाविक भएको भन्दै धितोपत्र बोर्डले पुँजी बजारलाई नियन्त्रण र अनुगमन गर्ने बताए ।
तर राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरु मात्रै भएको उनको भनाइ रहेको थियो ।
नेपाली पुँजी बजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएकाले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको नियमनको कारणले प्रभाव परेको हुनसक्ने पनि पनि उनले बताए ।
गभर्नर अधिकारीले भने, ‘पुँजी बजारप्रति राष्ट्र बैंक नकारात्मक हुनुपर्ने अवस्था छैन । पुँजी बजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरु रहेका छन् ।
धितोपत्र बोर्डले पुँजी बजारलाई नियन्त्रण र अनुगमन गर्छ । राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरुलाई हो ।
प्रतिक्रिया