• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कलिउड

मुम्बई पुगेर प्रदीपले गरे ग्रहशान्ति पूजा

4.6K
SHARES



काठमाडौं । निर्माताले फिल्म ‘क्यामिनो’को प्रमुख भूमिकामा प्रदीप खड्का हुने भनेर टिजर पोस्टर सार्वजनिक गरेपनि अभिनेता खड्का स्वयं यसबारे केहिबोलेका थिएनन् । उनले सामाजिक सञ्जालमा समेत यसबारे केही उल्लेख पनि गरेका थिएनन् ।

फिल्म साइन गरेर केही साइनिङ अमाउन्ट लिएपनि प्रदीपले खुलेर फिल्मबारे औपचारिक जानकारी दिएका थिएनन् । तर बिहीबार क्यामिनोको टिजर पोस्टर सार्वजनिक गर्दै प्रदीपले औपचारिक रुपमा आफूले प्रोजेक्ट गर्न लागेको घोषणा गरेका छन् ।

इन्स्टाग्राममार्फत तस्वीर सेयर गर्दै उनले यो फिल्मका लागि आफूलाई पहिलेजस्तै साथ दिन सबैलाई आग्रह गरे । यो फिल्मबारे जानकारी दिनुअघि प्रदीपले भारतको मुम्बईस्थित नासिक ताम्रकेश्वर मन्दिरमा ग्रहशान्तिको पूजाआजा गरे ।

‘भाग्य र मेहनत दुवै एकसाथ अघि बढ्छन् । यो भाग्यका लागि थियो भने अर्को चाहिं कडा मेहनतमा निर्भर हुनेछ,’ फिल्म क्यामिनोको औपचारिक घोषणाअघि गरिएको ग्रहशान्ति पूजाको भिडियो सार्वजनिक गर्दै उनले भने । निकट स्रोतका अनुसार प्रदीपकै सुझावका फिल्मको स्क्रिप्टमा केही हेरफेर पनि भएको छ ।।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ