• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कलिउड

    ‘सोल्टिनी’ निर्देशक अरुण झाको निधन, अजै अन्तेष्टि गरिने

    4.3K
    SHARES

    काठमाडौं । बक्स अफिसमा हिट फिल्महरु ‘सोल्टिनी’,’भुतुक्कै भएँ नि’ जस्ता फिल्मका निर्देशक अरुणकुमार झाको निधन भएको छ ।

    ७२ वर्षीय झाको हृदयघातका कारण आइतबार बिहान शिक्षण अस्पतालमा निधन भएको झाका समकालीन अभिनेता मदनदास श्रेष्ठले बताए ।

    सन् २००० मा फिल्म ‘सोल्टिनी’ निर्माण तथा निर्देशन गरेपछि उनी स्वास्थ्यको कारण फिल्ममा सक्रिय हुन सकेनन् । उनी विभिन्न रोगबाट ग्रसित थिए ।

    दोस्रोपटक हृदयघात भएपछि उनलाई आइतबार बिहानै अस्पताल लगिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

    झाले ‘सोल्टिनी’की अभिनेत्री मेघा पोखरेलसँग दोस्रो विवाह गरेका थिए ।  जेठी श्रीमतीको तर्फबाट झाका दुई छोरा अमेरिकामा बस्दै आएका छन् ।

    सप्तरीको राजविराज स्थायी घर भएका झा श्रीमती मेघाका साथमा काठमाडौंको डिल्लीबजारमा बस्दै आएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ