• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    विप्लवको चेतावनीपछि बालुवाटारमा भूकम्प: ओली-प्रचण्डको आकस्मिक गोप्य बैठक, को-को भए सहभागी ?

    15.6K
    SHARES



    काठमाडौं, १६ बैसाख ।

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को चेतावनीले बालुवाटारमा भूकम्प गएको छ । प्रचण्ड गठबन्धनको केपी ओली सरकारले  नेता-कार्यकर्ताहरुलाई गिरफ्तार गरेर बेपत्ता पार्न थालेपछि शनिबार महासचिव विप्लवले यस्तो फासिस्ट हर्कत तत्काल सच्याउन चेतावनी दिएका थिए ।

    महासचिव विप्लवले चेतावनी दिएको २४ घटना नबित्दै ओली प्रचण्ड आकस्मिकरुपमा गोप्य बैठक बसेको सूचना संचारकेन्द्रलाई प्राप्त भएको छ । बैठकमा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी बताईएको छ ।

    अघिल्लो दिन ब्यानर काण्डबारे भनाभन गरेर छुटेका प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड महासचिव विप्लवको चेतावनीपछि शनिबार एकाएक बालुवाटारमा आकस्मिक तर गोप्य बैठकमा जुटे ।

    रक्षा र गृहमन्त्री सहित ओली र प्रचण्डको गोप्य जमघटमा गृहसचिव प्रेम राईसमेत निम्त्याइएका थिए । भेटघाट पार्टी एकताबारे छलफल गर्न नभई अर्कै प्रयोजनका लागि आयोजना गरिएको माओवादी उच्च स्रोतले जनाएको छ।

    प्रचण्ड र ओलीवीच हुँदै आएको पार्टी एकतासम्बन्धी छलफल वैशाख ९ गतेको ब्यानर काण्डपछि सघन बन्न सकेको छैन । शुक्रबार दुई नेताहरुवीच भएको छलफल पनि सकारात्मक रुपमा अघि बढ्न सकेन । तर शनिबार भने २ नेताबीच सम्बन्ध निक्कै सुमधुर शैलीमा देखिएको छ ।

    उक्त गोप्य बैठकमा ओली-प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीले देशभर गठन गरेको जनसत्ता, भ्रष्ट्राचारी, दलाल र घुसखोरहरुमाथि बढाएको जनकारवाहीका बारेमा गम्भीर छलफल भएको स्रोतले संचारकेन्द्रलाइ बतायो । स्थानीय, प्रदेश र प्रतिनिधि चुनाव खारेज गरेको नेकपाले स्थानीय निकायमा भत्ता पचाएर बसेका प्रतिनिधिहरुलाई राजीनामा गर्न भनेपछि ओली-प्रचण्डलाई उक्त बिषय टाउको दुखाईको कारण बनेको छ ।

    नेकपाले गाउँ-शहर र स्थानीयस्तरमा जारी भ्रष्ट्राचार, दलाली, घुसखोरी, महँगीबिरुद्ध जनचेतना जगाउदै त्यस्ता कार्यमा संग्लनहरुमाथि एक्शन लिन थालेपछि ओली सरकार तिनछक परेको छ । देशमा व्याप्त महँगी, बलात्कार, सिमानामा भारतीय पक्षले जारी राखेको दादागिरीका बारेमा ओली सरकार चुपचाप छ । तर नेकपाको जनसत्ताले स्थानीयस्तरमा धमाधम जनसरकार गठन गरेर कालोबजारी र राष्ट्रघात गर्नेहरुबिरुद्ध धावा बोल्न थालेको छ, जसलाई सरकारले मुख्य सुरक्षा चुनौतीका रुपमा लिँदै आएको छ ।

    यिनै विषयमा शनिबार छलफल भएको स्रोतले जानकारी दिएको छ । नेकपाका सहायक सङ्गठनहरुले देशभर चलाएका जनचेतनामुखी अभियानका बारेमा पनि ओली-प्रचण्डले गृहमन्त्री बादलसँग जानकारी लिएका छन् । नेकपाका नेताकार्यकर्ताहरुमाथि थप दमन र धरपकड बढाउन उक्त गोप्य बैठकले नयाँ रणनीति तय गरेको बुझिएको छ ।

    यसका साथै आदिवासी जनजातिले दिइरहेको आन्दोलनको धम्की लगायतका विषयमा पनि छलफल केन्द्रित रहेको स्रोतले बतायो । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तिथि नजिकिँदै गएकाले यसमा पनि सुरक्षा सतर्कता बढाउनुपर्ने विषयमा कुराकानी भएको बुझिएको छ ।

    शुक्रबार ओली सरकारलाई के भनेका थिए नेकपा महासचिव विप्लवले ?

    प्रचण्ड गठबन्धनको केपी ओली सरकारले नेताकार्यकर्तामाथि व्यापक दमन गरेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शुक्रबार त्यसको कडा शब्दमा निन्दा गरेका थिए ।

    नेकपा नेता कार्यकर्ताहरुमाथि सरकारले देशव्यापीरुपमा धरपकड, दमन र गिरफ्तारीलाई बढाएपछि महासचिव विप्लवले बिरोध जनाएका हुन् ।

    उनले शुक्रबार एक वक्तव्य जारी गर्दै भ्रष्ट्राचारी, कालोबजारी, राष्ट्रघातीहरुको संरक्षण गर्दै आएको पीके गठबन्धन सरकार नेकपा र उसका समर्थनकर्ताहरुको लागि भने दिनदिनै फासिस्ट बन्दै गइरहेको बताएका थिए ।

    यस्तो थियो महासचिव विप्लवको विज्ञप्ति जस्ताको त्यस्तै

    “वर्तमान केपी—पीके गठबन्धन सरकार दिनदिनै फासिस्ट बन्दै गइरहेको छ । आफूलाई कम्युनिस्ट भनेर जनतामा भ्रम छरिरहेको यो सरकारले जनताको संघर्षबाट प्राप्त सीमित अधिकारहरु पनि खोस्दै गइराखेको छ । विचार राख्ने, सभाजुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ, भने भ्रष्ट्राचारी, कालोबजारी, राष्ट्रघातीहरुको संरक्षण गरिरहेको छ ।

    भ्रष्टाचार, कालोबजारी, राष्ट्रघातको विरोध गर्ने जनता हाम्रो पार्टीका नेता र कार्यकर्ताहरुलाई घरमा बसिरहेको, सांगठनिक काममा लागेको बेला, भेला सम्मेलन गर्दा गिरफ्तार गरेर बेपत्तासम्म पार्ने काम यो सरकारले गरिराखेको छ । सरकारका यस्ता रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।

    केपी सरकार बनेदेखि हाम्रो पार्टीका जनबर्गीय सङ्गठनमाथि व्यापक दमन गरिरहेको छ । भ्रष्टाचारलाई कार्वाही गर्नुको साँटो उल्टै उनीहरुलाई संरक्षण गरिरहेको छ । देशमा राष्ट्रघात भैराखेको छ । गत बुधबार मात्र पनि कञ्चनपुरको बिचफाँटामा भारतीय एसएसबीले नेपाली जमिन अतिक्रमण गरिरहेको छ । त्यसप्रति सरकार एक शब्द बोल्दैन ।

    केपी सरकार बनेदेखि  संकटकाललाई बिर्साउदै १२ जनाभन्दा बढी हाम्रा कार्यकर्तालाई बेपत्ता पारेको छ । हाम्रो पार्टीका केन्द्रीय सदस्य किरण राई, युवा संगठनका अध्यक्ष बाबुराम राई, महिला संगठनका महासचिव धिरेन्द्रा उपाध्याय, जिल्लाका प्रमुखहरु, यहाँसम्म कि पढाइरहेका शिक्षकहरुलाई समेत गिरफ्तार गरेर मुद्दा लगाएको छ ।

    राज्यको यी हर्कतहरुका विरुद्ध हाम्रा लागि प्रतिरोध अनिवार्य हुन गएको छ । त्यसैले यही वैशाख २२ गते नेपाल बन्दको आयोजना गरिएको छ । विगतमा जस्तै यस पटकको बन्दमा पनि सबै न्याय प्रेमी, देशभक्त, प्रगतिशिल र वामपन्थी शक्तिहरुमा सहयोग, समर्थन, ऐक्यबद्धताको अपेक्षा राख्दछौं ।”

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ