• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    कञ्चनलाई बिनासर्त तत्काल रिहा गर्न नेकपा बहुमतको चेतावनी

    5K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई प्रहरीले आज बिहानै दाङको भालुबाङबाट गिरफ्तार गरेपछि चौतर्फी आलोचना भएको छ ।

    उनलाई षड्यन्त्रपूर्वक गिरफ्तार गरिएको भन्दै बिभिन्न कम्युनिष्ट नेता कार्यकर्ताहरुले तत्काल रिहाइको माग गरेका छन् । यसैबीच नेकपा (बहुमत) को केन्द्रीय कार्यालयका तर्फबाट नेता सुदर्शनले प्रेस विज्ञप्ति जारी गर्दै संयोजक कञ्चनलाई बिनासर्त तत्काल रिहा नगरिए देशव्यापी सङ्घर्ष हुने र त्यसको जबाफदेही सरकारले नै लिनुपर्ने चेतावनी दिएका छन् ।

    नेता सुदर्शनले जारी गरेको विज्ञप्तिमा संयोजक कञ्चनलाई नियोजित रूपमा षड्यन्त्रपूर्वक गिरफ्तार गरिएको उल्लेख छ । ‘आज बिहान ४ः०० बजे नेपाली शोषित—उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक क. कञ्चनलाई दाङ जिल्लाको भालुबाङमा नेपाल प्रहरीले गिरफ्तार गरी नियन्त्रणमा लिएको घटनाले हाम्रो पार्टी केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ- ‘क. कञ्चन पोखराबाट प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा बम विस्फोट गराइनु र उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ ।’

    पार्टी संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने र स्थानीय निर्वाचन सन्दर्भमा पार्टीले चुनावमा भाग नलिने तथा देशभक्त र जनपक्षीय उम्मेदवारलाई सहयोग गर्न सकिने नीति लिएको अवस्थामा ‘बहिस्कार’ को बिल्ला भिराएर षड्यन्त्रपूर्ण तरिकालेर संयोजक कञ्चनलाई गिरफ्तार गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ