• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    नेकपा नेता सुदर्शन अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

    5.1K
    SHARES



    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लाई भर्ना गरिएको छ । केही दिनदेखि सुदर्शनको स्वास्थ्यमा समस्या देखिएको थियो । मुटुमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

    नक्खु कारागारमा रहेका ओलीलाई काठमाडौँको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको छ । अहिले सुदर्शनको आकस्मिक कक्षमा उपचार भइरहेको छ । सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेका कारण सुदर्शनसहित दर्जनौं नेताहरु अझै जेल जीवन बिताइरहेका छन् ।

    सुदर्शनलाई ०७५ चैत १० गते काभ्रेबाट प्रहरीले गिरफ्तार गरेको थियो । नख्खुस्थित एनसेल कार्यालयमा वि स्फोट गराएको अभियोगमा अदालतबाट सफाई पाइसकेका सुदर्शनलाई हात हतियार सम्बन्धी मुद्धामा अदालतले जेल पठाएको थियो । नेकपाका प्रवक्ता प्रकाण्ड र धर्मेन्द्र बास्तोलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ