• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    टिप्स

    लुगा नलगाइकन सुत्नेहरूलाई मिल्छ यी ५ फाइदाहरू

    9K
    SHARES

    काठमाडौँ । मानव जीवनमा सुताई पनि एउटा महत्त्वपूर्ण पाटो हो । कसरी सुतिन्छ भन्ने कुराले पनि मानव जीवन कति सुखी छ भन्ने थाहा हुन्छ।सामान्यतया मानिसहरू आफ्नो सुताइबारे धेरै सोच्दैनन् ।

    तर, ‘बेड–लाइफ’ ले पनि कतिपय अवस्थामा सिङ्गो जीवनशैलीलाई धेरै सहयोग गरिरहेको पश्चिमा केही वैज्ञानिकहरू बताउँछन् । केही वैज्ञानिक र मनोविज्ञहरुका अनुसार शरिरमा कुनैपनि लुगा नलगाइनकन सुत्नुका मुख्य फाइदाहरू यस्ता छन् :

    हाइजेनिक हुन्छ
    राती सुत्ने बेला पेन्ट वा अरू कपडा लगाएर सुत्दा शरीरमा विभिन्न ब्याक्टेरिया प्रवेश गर्न सक्छ । त्यसैले पनि कुनैपनि लुगा नलगाइनकन सुत्नु हाइजेनिक मानिन्छ । जसले गर्दा शरीरमा राति गर्मी हुनसक्ने भएकाले पनि वैज्ञानिकहरू त्यसरी सुत्नुलाई हाइजेनिक मान्छन् ।

    राती सहज रूपमा सुत्न सकिन्छ :
    तपाईँ सुत्ने बेलामा शरीरको तापक्रम पनि कम हुनु आवश्यक हुन्छ । हामी गहिरो निन्द्रामा हुँदा शरीरको तापक्रम पनि तुलनात्मक रूपमा कम हुनुपर्छ । तर, कपडासहित सुत्दा शरीरमा तापक्रम बढ्न सक्छ । यसरी, शरीरको तापक्रम सन्तुलन बनाउनका लागि पनि कुनैपनि लुगा नलगाइनकन सुत्नु आवश्यक छ ।

    से’क्स डिजायर बढाउँछ
    छाला छोएर सुत्दा स्वाभाविक रूपमा शरीरमा हर्मोनको मात्रा बढ्छ । जस्तै, अक्रिटोकिन जस्तो हार्मोनको मात्रा बढ्छ । र यसले शरीरमा से’क्सको डिजायर पनि बढाउँछ । यसरी, एक्लै वा जोडी सुत्दा पनि छाला छोइँदा त्यसले शारीरिक आवश्यकता पनि बढाउँछ ।

    अद्धित्तिय स्वतन्त्रता मिल्छ
    कुनैपनि लुगा नलगाइनकन सुत्दा साँच्चिकै स्वतन्त्रता मिल्छ । यत्तिको स्वतन्त्रताको अनुभूति सायदै अरू गतिविधिबाट मिल्ला । यसले संवेदनशीलता पनि अन्य अवस्थामा भन्दा बढी हुन्छ ।

    शरीरको तौल घटाउन मद्दत गर्छ
    मोटो हुने मानिसहरू शरीरको तौल घटाउन धेरै कोसिस गर्छन् । तर, कुनैपनि लुगा नलगाइनकन सुत्नाले पनि शरीरको तौल घट्छ । शरीरको तौल घटाउने यो पनि एउटा राम्रो तरिका हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ