• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली टिप्स

    खाना खाएपछि तुरुन्तै किन निद्रा लाग्छ ? थाहाँ पाइरख्नुहोस् कारण यस्तो छ

    26.9K
    SHARES

    काठमाडौँ । खाना खाएको केही समयपछि धेरैले अल्छी तथा निद्रा लागेको महसुस गर्छन्। कतिपय त खाना खाएपछि सुत्छन् पनि। खाना खाएपछि सुत्तु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन। खाना खाएपछि सुत्ने व्यक्तिहरुलाई विभिन्न रोगले सताउने अध्ययनहरुले देखाएको छ। खाना खाएपछि निद्रा लाग्ने अवस्थालाई चिकित्सकिय भाषामा ‘पोस्टप्रान्डियल सोमनोलेन्स’ भनिन्छ। यसलाई फूड कोमा भनेर पनि चिनिन्छ।

    खाना खाएपछि निद्रा लाग्ने समस्या अधिकांशमा बिहान तथा दिउसो खाना खाएपछि देखिन्छ। खाना खाएपछि उँघ्नु, थकान लाग्नु, अल्छि लाग्नु, इनर्जी लेभल कम हुनु, कुनै काममा केन्द्रित नहुनु जस्ता समस्या धेरैमा देखिन्छ। यसरी निद्रा लाग्ने समस्या अर्थात फूड कोमाका बारेमा खासै अनुसन्धान भने भएको पाइँदैन। तर यसको कारणका बारेमा कैयौं सिद्धान्त चर्चामा ल्याइएका छन्। तीमध्ये केही कारण यस्ता छन्:

    रक्तसन्चारमा परिवर्तनका कारणः खाना खाएपछि पेटमा रगतको सञ्चार बढ्दा दिमागमा रगत कम पुग्छ, जसका कारण यस्तो समस्या आउँछ। तर यो सिद्धान्तका बारेमा वैज्ञानिकले चुनोती दिएका छन्। उनीहरुका अनुसार भारी शारीरिक अभ्यासका बेला शरीरभर नै समान रक्तसन्चार कायम गर्न सकिन्छ भने खाना खाएपछि रक्त सन्चारको परिवर्तन सम्भव छैन। त्यसकारण यस विषयमा पक्ष र विपक्षमा बहस भने भइरहेको पाइन्छ।

    बढी खाना खाएका कारणः अधिकांश मानिसहरु धेरै खाना खाएपछि यस्तो समस्या आउने बताउँछन्। तर यो पनि ठोस कारण नभएको भन्दै धेरैले मानिरहेका छैनन्। कार्बोहाइड्रेट, चिल्लो र प्रोटिनको बढी मात्राका कारणः यी पोषकतत्वले निद्रा बढाउँछन्। उदाहरणका लागि कार्बोहाइड्रेटले रगतमा अमिनो एसिड ट्रिपटोफिनको मात्रा बढाउँछ, जसबाट स्लीप हार्मोन सेराटोनिनको मात्रा बढाउँछ।

    प्रोटिनयुक्त खानामा पनि ट्रिपटोफिन बढी हुन्छ। चिल्लोबाट कोलेसिस्टोकिनन हार्मोनको मात्रा बढ्छ। जसबाट निद्रा आएको अनुभव हुनसक्छ। शरीरको प्राकृतिक रिदमः हाम्रो शरीरको घडी २४ घण्टाको हुन्छ। अनुसन्धानका अनुसार राति सुत्ने चरणका साथै दिउँसो पनि सुत्ने एक चरण हुन्छ। अपरान्ह २ देखि ४ बजेको बीचमा यो चरण हुन्छ, तर निद्रा लाग्दा मानिसको कार्यप्रणालीमै असर पर्न सक्छ।

    खानापछिको निद्राले निम्त्याउन सक्ने हानी
    यो समस्या सामान्यतः खाना खाएपछि ४ घण्टासम्म रहन्छ। यसबाट हुने थकान र निद्राको स्थिति कुनै अवस्थामा खतरापूर्ण पनि हुनसक्छ। गाडी चलाएको बेला या मेसिन चलाएको बेला यस्तो स्थिति आउनसक्नेतर्फ सचेत रहनुपर्छ। यस्तै, खाना खाएपछि निद्रा आउनुले मधुमेह रोगलाई पनि संकेत गरेको हुनसक्छ। यसैले ब्लड सुगर लेभल चेक गर्नुपर्छ।

    कसरी बँच्ने?
    बढी खाना खानबाट बँच्नुपर्छ। डाइटमा सबै पोषकतत्व सामेल गर्नुपर्छ। अस्वस्थकर खानाका कारण फुड कोमा सिर्जना हुनसक्छ। मदिरा सेवनबाट बँच्नुपर्छ। यसले रातको निद्रा बिगार्छ र दिउँसो निद्रा लाग्छ। धेरै पानी पिउनुपर्छ। शरीरमा पानीको कमी भएन भने थकान पनि हुँदैन।

    दैनिक ७ देखि ८ घण्टा सुत्नुपर्छ
    यदि निद्राले काममा बाधा गरेको छ भने आधा घण्टा भए पनि सुत्नुपर्छ, जसले ताजा बनाउन मद्धत गर्छ। बिहान शारीरिक अभ्यास गर्न आवश्यक छ। शरीरलाई सक्रिय राख्दा यस्ता धेरै समस्या हल हुन्छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ