• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली टिप्स

    यी हुन् दाँत स्वास्थ्य सम्बन्धी केही गलत धारणा, यस्ता छन् सफा गर्ने सही तरिका

    25.5K
    SHARES

    दन्त स्वास्थ्य भनेको दाँतको मात्र स्वास्थ्य नभएर मुखको स्वास्थ्य पनि हो। दाँत तथा मुखको समस्या शरीरका अन्य रोग जस्तै प्रमुख १० रोगको रुपमा लिने गरिन्छ। मुख र यस वरपरको अंग प्रत्यंगको सम्पूर्ण स्वास्थ्य नै दन्त स्वास्थ्य हो। तर यस सम्बन्धी केही गलत धारणाहरु पनि हाम्रो समाजमा व्याप्त रहेका छन्।

    दन्त स्वास्थ्य सम्बन्धी केही गलत आम धारणा
    दाँत निकाल्दा आँखा कमजोर हुन्छ।, दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ, जुठो खाँदा दाँतमा किरा लाग्छ।, नक्कली दाँत राखे कमजोर भइन्छ, उपचार गर्नु भन्दा निकाल्नु ठिक हुन्छ, दाँत नदुख्दासम्म उपचार गर्नु हुँदैन।

    कडा ब्रसले दाँत सफा गर्दा दाँत सफा, चम्किलो हुन्छ, अन्य रोगहरुको तुलनामा दाँतको रोग गम्भीर हुँदैन, दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य नमानी बिलासिता र कस्मेटिक उपचार ठान्ने, १-२ वटा दाँत बिग्रँदैमा केही हुँदैन । यस्ता धारणा मनमा पालिरख्नु भन्दा नजिकको दन्त चिकित्सककहाँ पुगेर सही सुझाब लिनु राम्रो हुन्छ ।

    दाँत तथा मुख सफा गर्ने तरिका:
    बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरी दाँत माझ्ने, अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने।, दाँत बिचको सतह डेन्टल फ्लस को प्रयोग गरी सफा गर्ने, बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले सफा गरिदिने गर्नुपर्छ ।

    यस्तै २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने, टाँसिने, प्रशोधित, गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने, धूम्रपान, मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्ने, रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछा जस्ता सन्तुलित खानाको प्रयोग गर्ने, हरेक ६ महिनामा दन्त परीक्षण गराउने, याद राखौं, बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगहरूबाट बच्न सकिन्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ