• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली टिप्स

    बिहान सबेरै उठ्न सक्नुहुन्नँ भने यी उपाय अपनाउनुहोस्… जीवन फेरिनेछ

    23.2K
    SHARES
    Sleepy young woman trying kill alarm clock while bury face in pillow. Early wake up not getting enough sleep getting work concept. Female stretching hand to ringing alarm willing turn it off

    हामी केटाकेटी हुँदा हान सबेरै उठ्न गाह्रो हुन्थ्यो, विशेष गरी स्कूल जानुपर्दा । तर जब हामी हुर्कँदै जान्छौँ, धेरै कुरा परिवर्तन हुन्छन् । तपाईंसँग गर्नका लागि धेरै कामहरू हुन्छन् र एउटा परिवार पनि हुन्छ । अर्थात् जिम्मेवारी धेरै हुन्छन् । यस्तो अवस्थामा फोकस कायम राख्न गाह्रो हुनसक्छ र यस्तो अवस्थामा समय व्यवस्थापन धेरै महत्त्वपूर्ण हुन्छ । बिहान सबेरै उठ्नु फाइदाजनक साबित पनि हुनसक्छ । जान्नुहोस् कसरी–

    १. तपाईं बढी प्रोडक्टिभ हुनुहुनेछ

    बिहानको समय कम हो–हल्ला हुन्छ । अधिकांश मानिसहरू सुतिरहेकाले कसैले हस्तक्षेप गर्दैनन् । बिहान कसैले तपाईंलाई कल गर्दैन वा टेक्स्ट गर्दैन, न त कुनै इमेल इनबक्समा आउँछन् । बिहानको समय शुद्ध ‘तपाईंको समय’ हो । कमै डिस्टर्ब हुने भएकोले, तपाईं स्वतः बढी प्रोडक्टिभ बन्नुहुनेछ । यतिबेला तपाईं ती सबै काम गर्न सक्नुहुन्छ जुन तपाईंको टु–डु लिस्टमा पेन्डिङ छन् र जुन प्राथमिकतामा छ ।

    २. व्यायाम गर्न समय पाउनुहुनेछ

    तपाईंको नीजि र व्यावसायिक जीवनलाई सुखद बनाउनका लागि स्वस्थ रहन निकै नै आवश्यक छ । जब तपाईं स्वस्थ हुनुहुन्छ, तपाईं अधिक ऊर्जावान, अधिक आत्मविश्वासी र मानसिक रूपमा तयार हुनुहुन्छ । यसरी कम समयमा धेरै काम गर्न सकिन्छ । तर यदि तपाईंको ९ देखि ५ को जागिर छ भने व्यायामका लागि निकाल्न गाह्रो हुनसक्छ। बिहान सबेरै उठ्नाले यो समस्याको समाधान हुन्छ किनकि तपाईले व्यायामको लागि पर्याप्त समय पाउनुहुनेछ ।

    ३. आरामसँग बसेर ब्रेकफास्ट खान सक्नुहुनेछ

    अनुसन्धानले देखाउँछ कि बिहानको खाजा दिनको सबैभन्दा महत्त्वपूर्ण खाना हो । तर अझै पनि मानिसहरूसँग आफ्नो लागि स्वस्थ नाश्ता बनाउन र खान पर्याप्त समय छैन । बिहान सबेरै उठ्दा पनि यो समस्या समाधान हुन्छ ।

    ४. छिटो उठ्दा उदाउँदो सूर्यलाई देख्न सक्नुहुनेछ

    हरेक बिहान आकाश कालोबाट निलो भएको देख्नु आफैमा जादु भन्दा कम छैन । यो अद्भुत वातावरण यति शान्त र सुखद हुन्छ कि तपाईं एक व्यस्त दिन सुरु गर्न मानसिक रूपमा तयार हुनुहुनेछ ।

    बिहान सबेरै उठ्न अपनाउनुहोस् यो तरिका

    बिहान सबेरै उठ्ने तयारी गर्न सजिलो छैन । यदि तपाईं सधैं बिहान ८ बजे उठ्नुहुन्छ र अब बिहान ५ बजे उठ्न चाहनुहुन्छ भने, तपाईं एक वा दुई पटक असफल हुन सक्नुहुन्छ । यसमा सफल हुन यी उपाय अपनाएर हेर्नुहोस् –

    १. बिस्तारै सुरु गर्नुहोस्

    ३० मिनेटको वृद्धि सँगै सुरु गर्नुहोस् । पहिला ७ बजे उठ्नुहुन्थ्यो भने अब ६.३० बजे उठ्न थाल्नुहोस् । त्यसपछि केहि दिन पछि ६ बजे उठ्नुहोस् । यसरी एक दिन तपाईं ५ बजे पनि उठ्न सक्नुहुनेछ । यो तरिका प्रभावकारी हुनुका साथै रमाइलो पनि छ ।

    २. अलार्मलाई आफ्नो ओछ्यानभन्दा टाढा राख्नुहोस्

    यदि तपाईंले आफ्नो फोन ओछ्यान नजिकै राख्नुहुन्छ भने, बिहान अलार्म बज्दा तपाईंले तुरुन्तै स्नुज बटन थिच्नुहुनेछ । तपाईंको बेडभन्दा अलि पर अलार्म राख्नुहोस् । अब अलार्म बज्दा तपाईं जसरी पनि उठ्नु नै पर्छ ।

    ३. अलार्म बन्द हुने बित्तिकै बत्ती बाल्नुहोस्

    तपाईंको अलार्म बज्ने बित्तिकै कोठाको बत्ती बाल्नुहोस् । यसरी तपाईं फेरि सुत्नु हुँदैन । यदि बत्ती बन्द छ भने, तपार्इं फेरि सुत्ने सम्भावना उच्च हुन्छ । जब बत्ती बल्छ, तपाईं तुरुन्तै नउठेपनि जागा रहनुहुनेछ, सुत्नु हुनेछैन ।

    बेन्जामिन फ्र्याङ्कलिन बिहान सबेरै उठ्ने कुरामा विश्वास गर्थे र आज एप्पलका सीईओ टिम कुक पनि त्यही कुरामा विश्वास गर्छन् । जान्नुहोस् किन बिहान सबेरै उठ्छन् यी व्यवसायीहरु

    एप्पल सीईओ, टिम कुक

    हरेक बिहान ३.४५ बजे उठ्छन् । उठ्ने बित्तिकै आफ्नो इमेल हेर्छन् । त्यसपछि थोरै हिँड्छन् र त्यसपछि जिम जान्छन् । जिमबाट सिधै स्टारबक्स जान्छन् । त्यहाँ बसेर काम सम्बन्धि इमेल चेक गर्छन् ।

    मिशेल ओबामा

    उनको दिन बिहान ४ः३० बजे कसरतबाट सुरु हुन्छ । मिशेलका अनुसार उनले व्यायाम गरिनन् भने उनी डिप्रेसनमा पर्छिन् ।

    ज्याक डोर्सी, ट्विटर संस्थापक

    हरेक बिहान ५ः३० बजे उठ्छन् । उठेपछि पहिले केही समय ध्यान गर्छन् त्यसपछि ६ माइल दौडमा जान्छन् ।

    हावर्ड शुल्ट्ज, स्टारबक्स सीईओ

    बिहान ६ बजे कार्यालय पुग्छन् । उनले दिनको सुरुवात कसरतबाट गर्छन् । उनी प्रायः आफ्नी श्रीमतीसँग साइकल चलाउने गर्छन् । बिहान यत्तिका काम गर्ने उनी ६ बजे कार्यालय पुग्छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ