• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास राजनीति

    साउदीका मुख्य मुख्य शहरमा नेकपाको अन्तर्राष्ट्रिय ब्युरोका क्षेत्रीय भेला तिब्र

    2.2K
    SHARES

    काठमाडौँ । असफल संसदीयव्यवस्थाको बिकल्पमा बैज्ञानिक समाजवाद ल्याऔं। प्रवासी मजदुरहरु एकीकृत जनक्रान्तिका आधार हौं। भन्ने मुल नाराका साथ नेपाली जनप्रगतिशिल मोर्चा साउदीले जुन १९/२० मा भर्चुल माध्यमबाट पाचौं अधिवेशन स्लामिक इदको पर्वको दिन गर्ने भएको छ ।

    मोर्चाले देशका मुख्य मुख्य शहरमा संगठन बिस्तार गर्दै भेला गर्ने क्रम तिब्र पारेकोछ। जसमा २०७८/३/ ४ गते साउदीको दोस्रो ठुलो शहर दमाम र जुबेलमा संगठन बिस्तार गरेको छ। भर्चुअल माध्यम जुम मार्फत भएको उक्त कार्यक्रमले दमाममा तिकल पुनको नेतृत्वमा संगठन बिस्तार गरेको छ भने जुबेलमा मनोज पटेलको नेतृत्वमा संगठन बिस्तार गरेको छ।

    उक्त कार्यक्रमको संचालन पाचौं अधिबेशन आयोक समितीका सहसंयोक तोया भट्ट ‘मिलन’को सन्चालन, टिकाराम वलि ‘सुरेश’को अध्यक्षता रहेको कार्यक्रममा तिर्थ पाख्रिन प्रमुख अथिति रहेका थिए ।

    यस्तै मोर्चाका पुर्व केन्द्रिय सदस्य तथा अधिबेशन आयोक कमिति सदस्य प्रसुराम घर्तीले स्वागत मन्तब्य राखेका थिए । मन्तब्य राख्दै अथितिहरुले प्रवासमा भएका सबै खाले अन्यायको बिरुद्ध लड्ने संगठन बन्न सुभकामना दिए ।

    मन्तव्य राख्ने अधिकांस सदस्यहरुले देशमा बैज्ञानिक समाजवाद स्थापना गर्न पार्टीको संघर्षरत कदमलाई सहयोग गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गर्दै कुनै हालतमा देशले बिद्धमन दलाल संसदिय व्यवस्थाबाट छुट्करा पाउनैपर्ने भएकाले त्यसका निम्ति पार्टीले लिएको राजनीतिक लाइनले बैज्ञानिक समाजवाद ल्याउने बिश्वास ब्यत गरेका थिए ।

    मोर्चाले गत हप्ता पनि साउदीको सबै भन्दा ठुलो सहर रियादमा आरजिएम मगरको नेतृत्व मा क्षेत्रीय समिति बिस्तार गरेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया