• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    नेकपा नेतृ उमा भुजेलको घरमा टाँसियो पक्राउ पुर्जी

    21.5K
    SHARES

    काठमाडौँ । विद्रोही नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेल ‘शिलु’को घरमा पक्राउ पुर्जी टासिएको छ । विद्रोही नेकपाका नेता हरिबहादुर चन्द तथा नेता नबिनको घरमा टाँसेको केहि दिनमै नेतृ भुजेलको गोर्खा भच्चेक काफलडाँडामा रहेको घरमा पक्राउ पुर्जी टासिएको हो ।

    जिल्ला अदालत मोरङबाट जारी कर्तब्य ज्यान मुद्दाको उक्त पुर्जी गोर्खाको भच्चेक प्रहरी चौकीका इन्चार्ज सईको नेतृत्वमा गएको प्रहरी टोलीले विहान ८ बजे पुर्जी टाँसेको भुजेलको पारिवारिक श्रोतले जनाएको छ ।

    सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुंदे सहमति भएपछि पनि प्रहरीले सो पार्टी नेता कार्यकर्ताहरुको घरमा प्रहरीले पक्राउ पुर्जी टाँस्न थालेको छ । उक्त पक्राउ पुर्जीमा नेतृ उमा भुजेललाई पैतिस दिन भित्र अदालतमा उपस्थित गराउन भनिएको छ ।

    गत २१ गते मात्रै सरकार र नेकपाबीच प्रतिबन्ध फुकुवा गर्ने, जेल तथा हिरासतमा रहेका सबै नेता कार्यकरतलाई रिहा गर्ने र सबै मुद्दाहरु खारेज गर्ने सहमति भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ