• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    मध्यपुर्व युद्ध अन्त्य हुने आशा बढेसँगै कच्चा तेलको मूल्य ९० डलरमुनि

    193
    SHARES



    काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको प्रमुख मूल्य मापक मानिने ब्रेन्ट नर्थ सी क्रुडको मूल्य अगस्टयताकै न्यून विन्दुमा पुगेको छ । ब्रेन्ट क्रुडको मूल्य ३.१ प्रतिशतले घटेर प्रतिब्यारेल ८९.६६ अमेरिकी डलरमा झरेको छ ।

    त्यस्तै, अमेरिकी बजारको प्रमुख मानक वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य पनि २.३ प्रतिशतले घटेको छ । मूल्यमा आएको गिरावटसँगै डब्ल्यूटीआई क्रुड प्रतिब्यारेल ८४.८६ डलरमा कारोबार भएको छ ।

    यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक प्रगति भइरहेको बताएका थिए । उनको यस अभिव्यक्तिले दुई देशबीचको सैन्य तनाव कम हुन सक्ने र युद्ध अन्त्यतर्फ अघि बढ्न सक्ने अपेक्षा बढाएको छ ।

    यद्यपि, राष्ट्रपति ट्रम्पले इरानमाथि थप सैन्य आक्रमण गर्ने सम्भावनालाई भने अस्वीकार गरेका छैनन् । यसले युद्धको आगामी अवस्थाबारे अनिश्चितता कायमै रहेको संकेत गर्छ ।

    अमेरिका र इरानबीचको द्वन्द्वले विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता बढाएको थियो । तर, युद्ध अन्त्य हुने सम्भावनासम्बन्धी पछिल्लो संकेतपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा दबाब परेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ