काठमाडौं । धादिङ र चितवनको सीमाक्षेत्र नजिक पर्ने पृथ्वी राजमार्गको घोप्टेभिरमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।
कुरिनटार नजिकै पर्ने घोप्टेभिरमा सोमबार बिहान सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार गएराति सडक माथिबाट पहिरो खसेको थियो । पहिरो पन्छाउन सोमबार बिहान ६ः३० बजेदेखि मेसिन तथा उपकरण परिचालन गरिएको छ ।
पहिरो हटाउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको कार्यालयले जनाएको छ । सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्क रहन र वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया