• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    भारी वर्षाको जोखिमपछि पोखराका विद्यालय दुई दिन बन्द गर्ने निर्णय

    270
    SHARES



    पोखरा । भारी वर्षा तथा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि स्थानीय बिदा दिने निर्णय गरेको छ।

    महानगरपालिकाका अनुसार मौसममा आएको परिवर्तनसँगै प्राकृतिक विपद्को जोखिम बढेकाले विद्यार्थी तथा विद्यालय परिवारको सुरक्षालाई प्राथमिकता दिँदै आज ८ गते र भोलि ९ गते महानगरभित्र सञ्चालित विद्यालयमा पठनपाठन बन्द गरिएको हो।

    महानगरपालिकाका मेयर धनराज आचार्यले विद्यालय बन्द हुने दुई दिनलाई पछि आउने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने जानकारी दिएका छन्।

    उनले विपद्को जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी, अभिभावक, शिक्षक तथा नगरवासीलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन्।

    मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायले सावधानी अपनाउन आग्रह गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ