• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रास्वपा समर्थक भुसालले खिचेका थिए रवि हिरासतमा सुतिरहेको तस्विर 

    339
    SHARES



    पोखरा । हिरासतमा सुतिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको तस्विर रास्वपा समर्थक एक युवाले खिचेको खुलासा भएको छ ।

    सो तस्बिर रास्वपा समर्थक डा. निकोलस भुसालले नै सार्वजनिक गरेको खुलासा भएको हो । भुसालले रवि लामिछानेको समर्थनमा प्रदर्शनसमेत गर्दै आएका छन् ।

    भुसाल आफैले सो तस्बिर आफूले नै खिचेको स्वीकार गरेका छन् । सामजिक सञ्जाल फेसबुक लाइभमार्फत उनले तस्विर खिचेको स्वीकार गरेका छन् ।

    ‘तस्बिर मैले नै खिचेको हो । नराख्नुपर्ने रहेछ, गल्ती भयो,’ उनले भने, ‘रवि दाइको अवस्था राम्रो छ, चिन्ता लिनुपर्दैन भनेर सन्देश दिनका लागि राखेको, अनर्थ भयो । त्यसैले हटाएँ ।’

    वास्तवमा भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए । तर, रास्वपा सह–कोषाध्यक्ष बोहोराले तस्बिरबारे प्रश्न उठाएपछि उनले रविको तस्बिर हटाएका थिए ।

    कास्की प्रहरी स्रोतका अनुसार केही दिन अघि निकोलस भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका थिए । तर, प्रहरीले रवि सुतिरहेको र अहिले भेट्न नमिल्ने बताएको थियो ।

    भुसालले भेट्ने अड्डी कसेपछि उनलाई सीसीटिभीबाट रवि सुतेको देखाइएको थियो । यद्यपि, सीसीटिभी भएको ठाउँसम्म उनले मोबाइल कसरी लान पाए भन्ने चाहिँ प्रहरीले बताउन सकेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया