• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    लेनिन तथा नेकपा स्थापना दिवस- क्रान्तिकारी आन्दोलनलाई सशक्त बनाउने बहुमतको प्रतिवद्धता

    1.3K
    SHARES



    काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लेनिन दिवस तथा पार्टीको स्थापना दिवसको अवसरमा जनक्रान्तिको सशक्त मार्गमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    सन् १८७० अप्रिल २२ मा जन्मेका महान क्रान्तिकारी नेता लेनिनले वैज्ञानिक समाजवाद, मार्क्सवाद-लेनिनवाद-माओवादको मार्गदर्शनमा साम्राज्यवाद र पुँजीवादविरुद्ध अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याएका थिए।

    पार्टी महासचिव कञ्चनले एक प्रेस वक्तव्य जारी गर्दै लेनिनको जन्म दिवससँगै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को स्थापना दिवसको रूपमा पनि आजको दिनलाई सम्झना गरेका छन् ।

    ‘सन् १८७० अप्रिल २२ मा जन्मेका महान् लेनिनले १९१७ अक्टोबर समाजवादी महान् रूसी क्रान्ति सम्पन्न गरी सर्वहारा वर्गको अधिनायकत्वमा पहिलोपटक समाजवादी राज्य निर्माण गर्नु भयो। लेनिनमार्फत् मार्क्सवाद-लेनिनवाद-माओवाद र लेनिनवादको सैद्धान्तिक तथा व्यावहारिक मार्गदर्शनमा संसारभर समाजवादी आन्दोलन, क्रान्ति र कम्युनिष्ट पार्टीको भूमिका व्यापक बन्यो। लेनिनवाद पूँजीवादी समाजव्यवस्था र साम्राज्यवाद विरोधी संघर्षको मार्गदर्शक बनेको छ। त्यसैले आज पनि समाजवाद, कम्युनिज्म र सर्वहारा वर्गको मुक्तिका लागि लेनिनवाद विरुद्ध निर्देशिका छ। त्यसै सन्दर्भमा पनि आजको दिन महान् समाजवादी क्रान्तिको संघर्षको दिन हो भने हाम्रो पार्टीको स्थापना पनि भएको छ।’ वक्तव्यमा भनिएको छ ।

    प्रेस वक्तव्यमा पार्टीले नेपालको राजनीतिक, सामाजिक, आर्थिक र वर्गीय अवस्थालाई दृष्टिगत गर्दै वैज्ञानिक समाजवादको आधारमा नयाँ प्रकारको कम्युनिस्ट आन्दोलन निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ। साथै नेपालमा अझै पनि लेनिनको अपरिहार्य आवश्यकता देखिएको वक्तव्यमा उल्लेख छ ।

    ‘नेपालमा अझै पनि लेनिनको अपरिहार्य आवश्यकता देखिएको छ। सङ्घीयता, धर्मनिरपेक्षता, उत्पीडित जनताको सत्ता स्थापना गर्ने उद्देश्य सहित आमनेता र कार्यकर्ता पार्टी र आन्दोलनले समाजवाद र उसका उद्देश्य सम्बन्धि वर्गीय मुद्दाका साथै असमानता विरुद्ध आन्दोलनको भावना, दृष्टिकोण र विचारलाई निरन्तर अभ्यास गर्नुपर्ने देखिन्छ। नेपाली जनताको इच्छाशक्ति, चाहना, आकाङ्क्षा र चाहनाअनुसार वैज्ञानिक समाजवादको निर्माण गर्न आज पनि लेनिनका विचारहरू जीवन्त छन्। त्यसैले यस अवसरमा सम्पूर्ण क्रान्तिकारी आमजनसमुदाय, देशभक्त जनसमुदाय र सच्चा कम्युनिष्ट आन्दोलनमा जोडिएका सबैलाई समाजवादको निर्माण अभियानमा दृढ सङ्कल्प र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरिएको छ।’ वक्तव्यमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ