• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सकियो मन्त्रिपरिषद् बैठक, तीनकुने घटनाबारे के भयो निर्णय ?

    6.2K
    SHARES



    काठमाडौं । सरकारले राजवादीहरुको समुहले काठमाडौंको तीनकुने आसपासका क्षेत्रमा गरेको अराजक गतिविधिको घोर भत्र्सना गरेको छ । शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरि आवश्यक कारबाही अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

    बैठकले राजावादीहरूले आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी गरी आतङ्क फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुंगामुढा गर्ने तथा मानिसको ज्यान जाने अमानवीय र गैह्रकानुनी काम गरेको ठहर गरेको छ ।

    साथै आजको घटनामा घाइते भएकाहरूको उपचार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिम्मा लिने निर्णय गरेको सरकार प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । अन्य विषयमा गृह मन्त्रालयले सोधपुछ गरेर आवश्यक कदम अगाडि बढाउने निर्णय गरेको गुरुङले बताए ।

    मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरिरहेको छ । उनीहरुबीच आगामी योजनाको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ