• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    जम्मू कश्मीरमा आतंककारी हमला, १ नेपालीसहित २४ जनाको मृत्यु

    2.9K
    SHARES



    काठमाडौँ । भारत प्रशासित जम्मू कश्मीरमा बन्दुकधारीहरूले आन्तरिक पर्यटकहरूमाथि गोली चलाउँदा कम्तीमा २४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

    ‘भारतको स्वीट्जरल्यान्ड’ भनेर चिनिने कश्मीरस्थित एक लोकप्रिय पर्यटकीय स्थल पहलगाममा मङ्गलबार उक्त आक्रमण भएको थियो। आक्रमणमा १ नेपालीसहित २४ जनाको मृत्यु भएको हो ।

    पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २४ जना मारिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मृतकहरुको विवरणमा नाम सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ ।

    त्यसभन्दा मुनि बितन अधिकारीको नाम समेत छ । अधिकारी थर भएकाले कतिपयले दुई जना नेपाली मारिएको लेखेका छन् । तर अधिकारीको देश खुलाइएको छैन । त्यसैले हालसम्म एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

    नेपालको सरकारी निकायबाट भने यसबारे कुनै विवरण सार्वजनिक भएको छैन । जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।

    त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली प्रहार गरी हत्या गरिएको हो । आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।

    आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमण बिचैमा रोकेर स्वदेश फर्किएका छन् । पर्यटकमाथि आतंकवादीले आक्रमण गरेको सूचना पाएपछि उनी भ्रमणका कार्यक्रम छोट्याएर स्वदेश फर्किएको बीबीसी हिन्दीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ