• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    डोटी मिनी ट्रक दुर्घटना अपडेट : मृत्यु भएका सबैको सनाखत

    124
    SHARES



    काठमाडौं । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ ।

    मृत्यु हुनेमा चालक बझाङको बुङ्गल नगरपालिका–२ दहबगरका अर्जुन धामी, उज्वल जाग्री र जगत धामी छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडर, डोटीले जनाएको छ ।

    धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

    त्यसको जानकारी पाउनासाथ प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो । घटनास्थल बुडरबाट ११ किलोमिटर उत्तर पर्दछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ