• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    दानव नदीमा बेपत्ता दुई बालकको शव पनि भेटियो

    1.9K
    SHARES



    काठमाडौं । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका अन्य दुई जनाको शव पनि फेला परेको छ ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षे मुनु हरीजनको शव फेला परेको हो । उनीहरु सोही ठाउँका हुन् ।

    सोमबार बेपत्ता भएका उनीहरुको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको हो । बालकको खोजीका लागि सोमबार राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।

    सोमबार पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका थिए । बेपत्तामध्ये १४ वर्षीय राज यादवको शव सोमबार नै फेला परेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ