• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    केन्द्रीय बैंकका प्रमुखविरुद्ध ट्रम्प आक्रामक बन्दा ओरालो लाग्यो अमेरिकी शेयर बजार

    531
    SHARES



    वाशिंटन । राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकका प्रमुख विरुद्ध आक्रामक अभिव्यक्ति दिएपछि अमेरिकाको स्टक बजार फेरि ओरालो लागेको छ।

    सामाजिक सञ्जालमा ट्रम्पले सङ्घीय रिजर्भका प्रमुख जरेमी पावेललाई ब्याजको दायरा नघटाएकोमा कटाक्ष गरेका हुन्। राष्ट्रपति ट्रम्पले अर्थतन्त्रलाई उकास्नका लागि तत्काल ब्याजदर घटाउन भनेका थिए।

    ट्रम्पले पावेलको ढिला सुस्तीका कारण अर्थतन्त्र अत्यन्त ओरालो लागेको तथा ब्याजदर घटी रहेको र उनी नै सबै भन्दा असफल रहेको भन्दै केन्द्रीय बैंक प्रमुखलाई ‘मिस्टर लुजर’को संज्ञा दिएका हुन्।

    अहिले अमेरिकाको पाँच सय भन्दा ठुला कम्पनीको ट्र्याक गर्ने सबै भन्दा ठुलो एसएन्ड पी पाँच सयको सेयर २.४ प्रतिशतले घटेको छ। यो वर्षको सुरुवातदेखि यसको कुल मूल्यमा १२ प्रतिशत गिरावट आएको छ।

    डा. जोन्स औद्योगिक औसत २.५ प्रतिशतले घटेको छ। डा. जोन्स औद्योगिक औसत २.५ प्रतिशतले ओरालो लागेको छ भने यस वर्षको यसको मूल्यमा १० प्रतिशत गिरावट आएको छ। नास्डक मा २.८ प्रतिशत गिरावट आयो। यस वर्ष नास्डकको मूल्य १८ प्रतिशतले गिरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ