• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पेरिसडाँडामा गाडीमा आगजनी, कोटेश्वरको भाटभटेनीमा पनि तोडफोड

    5.6K
    SHARES



    काठमाडौं । तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी समूहका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी र तोडफोड गरेका छन् । एउटा गाडीमा आगजनी र एउटा बाइकमा तोडफोड भएको हो ।

    उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुसहित तीनकुने पुगेका राजावादी समूहका प्रदर्शनकारीहरू उच्छंखल गतिविधिमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको थियो । पेरिसडाँडामै एउटा मोटरसाइकलमा पनि तोडफोड भएको छ ।

    त्यस्तै कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले बताए ।

    तीनकुनेस्थित एक घरमा आगो लगाएका राजावादीहरूले शुक्रबार दुईवटा सञ्चारगृहमा पनि ढुंगामुढा गरेका छन् ।

    कान्तिपुर र अन्नपूर्ण पोस्ट्को कार्यालयमा आक्रमणमा गरेका उनीहरूले बागमती तरेर एकीकृत समाजवादीको कार्यालयमा पनि धावा बोलेका छन् ।

    राजावादीका नाममा अराजकहरूको एउटा समूहले एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा ढुंगामुढा गरेका हुन्।

    ढुंगामुढा बर्साउँदा समाजवादीको कार्यालयका शिशा सबैजसो फुटेका छन् । अराजक समूहले समाजवादीको कार्यालयका कागजपत्र बाहिर निकालेर जलाइरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ