• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमाले पार्टी दुर्गन्धित ढल हुन सक्दैन- केपी ओली

    1K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी दुर्गन्धित ढल हुन नसक्ने बताएका छन्।

    बुधबार केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा सदस्यहरूले पार्टीमा अनुशासनहीनता बढेको र नैतिक आचरणमा प्रश्न उठ्न थालेको बताएका थिए।

    त्यसको जवाफमा अध्यक्ष ओलीले पार्टी ढल बन्न नसक्ने र त्यस्ता नेता-कार्यकर्तालाई राजनीति कि इन्जोय रोज्न भनेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनले यस्ता गतिविधिमा छुट दिन नसकिने र कारबाही हुने बताएका हुन्।

    ‘नैतिकहीन, चरित्रहीन, आचरणहीन कुरालाई पार्टीले कुनै हालतमा सहदैँन, एमालेभित्र कुनै हालतमा सम्भव छैन भनेर निर्देशन दिनुभएको छ,’ गौतमले भने, ‘पार्टी ढल होइन। व्यक्ति विशेषका कमजोरी हुन सक्छन्। यस्ता प्रश्न उठेका व्यक्तिहरूलाई कि त राजनीति गर कि इन्जोय गर भन्नुभएको छ।’

    बैठकमा सदस्यहरूले पार्टीभित्र मूल्यांकन प्रणाली पारदर्शी नभएकोबारे पनि प्रश्न उठाएका थिए। जवाफमा कमिटीको नेतृत्वले भन्दा पनि कमिटीले नै मूल्यांकन गर्ने प्रणाली विकास गरी त्यसलाई पारदर्शी र व्यवस्थित बनाउने बताएको उनले बताए।

    संविधान संशोधनको विषयमा कांग्रेस र एमालेबीच सहमति भएको हुँदा उक्त कुराले निरन्तरता पाउने उनको भनाइ छ। यस्तै, चुनावमा कसैको बैसाखी नटेकी एक्लै आफ्नो नीति कार्यक्रम लिएर चुनाव लड्ने उनले बताए।

    त्यस्तै, बामपन्थीको नाममा कुनै पनि मोर्चा बन्ने सम्भावना नरहेको र त्यसतर्फ कुनै विचार समेत नगरेको उनले बताए। मंगलबारदेखि सुरू भएको पोलिटब्युरो बैठक आज सकिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया