• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई बहुमतले गर्यो जनकारवाही

    3.9K
    SHARES



    काठमाडौँ । इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोपमा कैद भुक्तान गरिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई नेकपा बहुमतले जनकाराही गरेको छ ।

    बिहीबार न्यायाधीश थारुको अदालतभित्र चेम्बरमा बहुमतले थारुलाई कालाे माेसाे दलेर जनकारवाही गरेको जनाएको छ । जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो ।

    न्यायाधिीशद्व खुसीप्रसाद थारु र अर्जुन महर्जनले हत्या आरोपी कांग्रेस नेता मोहमद अफताव आलमलाई सफाई दिने फैसला गरेका थिए । जेठ १४ मा भएको सो फैसलाबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । न्यायाधिशद्वयले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएका थिए ।

    फैसलाको संक्षिप्त पाठअनुसार सफाइ दिन अदालतले आलमलाई महान्यायाधिवक्ताको कार्यालयले यसअघि मुद्दा चलाउन नपर्ने निर्णय गरेको तथा सर्वोच्च अदालतले गरेको परमादेश, विस्फोटमा घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओशी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा ल्याइ पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको आधार देखाएको थियो । फैसलाको पूर्णपाठ आइसकेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ