काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धि विषयक कार्यक्रममा पौडेलले मुलुकको समृद्धिका लागि धेरै विकल्प भएपछि त्यसमध्ये पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका हुन् ।
पर्यटनका सम्भावनालाई कार्यान्वयन गर्न देशभित्रका साथै देशबाहिरको लगानीलाई आमन्त्रण गर्नुपर्ने उनले बताए । पौडेलले पर्यटन क्षेत्रमा राज्यका तर्फबाट मात्रै गर्ने लगानीले नपुग्ने उल्लेख गरे ।
बजेट निर्माण गर्दा पनि लगानी भित्राउने र त्यसका लागि सहज वातावरण बनाउन ध्यान केन्द्रीत गरेको उनले बताए । पौडेलले राजनीतिक स्थायित्व कायम गर्दै मुलुकको विकास गर्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया