• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    वाइसीएलको विधान कार्यान्वयनमा माओवादी फेल, शक्ति बस्नेतलाई कुट्न खोज्दा हल छोडेर भागे

    11K
    SHARES



    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसीएल तेस्रो राष्ट्रिय सम्मेलन सहमतिको नाममा जबरजस्त नयाँ नेतृत्वको घोषणा गर्दै सम्पन्न भएको छ । पार्टीको निर्देशनमा बनाइएको विधान कार्यान्वयन गर्न नेतृत्व असफल भएको छ ।

    बन्दशत्रमा ३५ पदाधिकारीसहित केन्द्रीय सदस्यको संख्या २५१ रहने हलबाट विधान पारित गरेको थियो । तर, मध्यरात विधान विपरित ७५ पदाधिकारीसहित ३५१ केन्द्रीय समिति घोषणा गरिएको थियो । नेताहरुले चाहेका पात्र र प्रतिनिधिले कम मन पराएका पुष्प ओलीलाई जबरजस्त अध्यक्ष घोषणा गरियो ।

    प्रतिनिधिले स्वास्थ प्रतिस्पर्धाको माग गरिरहेको बेला जबरजस्त नेतृत्व चयन गरिएसँगै वाइसीएलमा विवाद बढेको छ । शपथ ग्रहण बहिस्कारदेखि नयाँ नेतृत्वलाई नमान्नेसम्मका चेतावनी नेताहरुले दिन थालेका छन् । वाइसीएलको सम्मेलन सम्पन्न गर्ने जिम्मा पाएका पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेतको गृहजिल्लाबाटै विद्रोह सुरु भएको छ ।

    जाजरकोट जिल्ला इन्चार्ज विकास रोकायसहितका नेताहरुले शपथलाई बहिस्कार गरेका हुन् । विज्ञप्ति जारी गरेर विधानको मर्म र भावना विपरित नेतृत्व चयन गरिएको विरोध गर्ने नेताहरुमा विकास रोकाय जाजरकोट, जनक कुमार विश्वकर्मा रुकुम पश्चिम, हस्तबहादुर शाही कालिकोट हर्क थापा दैलेख, कर्मा लामा हुम्ला रहेका छन् । उनिहरु निवर्तमान जिल्ला इन्चार्ज हुन् ।

    त्यस्तै, केन्द्रीय सदस्य गौरीकला शाही, गिता शाही र राजेश बुढाले पनि शपथ बहिस्कार गरेका छन् । असन्तुष्ट पक्षले आइतबार एक विज्ञप्ति जारी गरेर प्रतिनिधिहरु निरास हुँदै घर फर्किने वातावरण बनाएको भन्दै कर्णाली प्रदेशका ६ जिल्लाका इन्चार्जहरुले विधान विपरित नयाँ नेतृत्व चयन भएको भन्दै सामुहकि रुपमा असहमति प्रकट गरेका छन् ।

    ‘भुगोलका प्रतिनिधिहरु सकारात्मक मानसिकतामा उत्सहाजनक उपस्थित जनाई रहेको अवस्था संगठनको विधानलाई बन्दशत्रभित्र एकमतका साथ पदाधिकारीको संख्या ३५ सहित २५१ सदस्यीय केन्द्रीय समिति बनाउने हलबाट सर्वसम्मतले पास गरिएको थियो । तर, संगठनका भित्रका जिम्मेवार नेताहरुले नै यो वा त्यो बहानामा बन्दशत्रलाई फरक स्थान, फरक, फरक समयमा लम्बेतान गराउँदै अन्ततः संगठनको विधानलाई औचित्यहिन र हलको समर्थनलाई कुल्चेर एकाएक पदाधिकारीको संख्या ७५ सहित ३५१ सदस्यीय केन्द्रीय समिति जबरजस्त घोषणा गरियो ।

    धेरै जिल्लाका प्रतिनिधिहरु निरास हुँदै फर्किने वातावरण बन्यो । नयाँ कमिटी विधान विपरित घोषणा गरिएको निष्कर्ष निकाल्दै हामीले सामुहिक रुपमा असहति प्रटक गर्दछौं’ विज्ञप्तिमा उल्लेख गरिएको छ । उसो त वाइसीएलको सम्मेलन सम्पन्न गर्न हेडक्वाटरले जिम्मा उपमहासचिव शक्तिबहादुर बस्नेतलाई दिएको थियो ।

    बस्नेतकै अगुवाईमा विधान विपरित कमिटी घोषणा भएको आरोप पनि लागेको छ । आक्रोसित प्रतिनिधिले बन्दशत्रमा नेता बस्नेतलाई धकेलेर कुटपिट गर्न खोजेपछि उनलाई हलबाट भगाइएको थियो । वाइसीएलका इन्चार्ज दिपशिखालगायतका नेताहरुको सहयोगमा बस्नेत बन्दशत्रबाट भागेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ