• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    केदारनाथमा हेलिकप्टर दुर्घटना, गौरीकुण्ड जङ्गलमा खस्यो

    7.7K
    SHARES



    देहरादून। भारत उत्तराखण्डको केदारनाथ जाने क्रममा एक निजी हेलिकप्टर दुर्घटनामा परेको छ। आर्यन एविएसन कम्पनीको उक्त हेलिकप्टर गौरीकुण्डको नजिकै रहेको घना जंगलमा आइतबार बिहान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    हेलिकप्टरले केदारनाथ धामबाट गुप्तकाशीका लागि उडान भरेको केहीबेरमै नियन्त्रण गुमाएर गौरीकुण्ड क्षेत्रको जङ्गलमा खसेको बताइएको छ। हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए ।

    दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी, एसडीआरएफ (स्टेट डिजास्टर रिस्पोन्स फोर्स) र अन्य सुरक्षा निकायको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। जङ्गल क्षेत्रमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भइरहेको बताइएको छ।

    गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए। शवहरू नराम्ररी जलेको बताइएको छ। मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ। हेलिकप्टर गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको थियो ।

    यसअघि जुन ७ मा केदारघाटीको बडासु हेलिप्याडबाट केदारनाथका लागि उडान भर्ने क्रममा हेलिकप्टरमा प्राविधिक गडबडी भएको थियो । पाइलटले रुद्रप्रयाग–गौरीकुण्ड राजमार्गमा आपतकालीन अवतरण गराएका थिए । यस क्रममा पाइलटको ढाडमा चोट लागेको थियो। हेलिकप्टरमा सवार सबै पाँच जना यात्रु सुरक्षित थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ