• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    युनुश अन्सारीलाई अदालतमा पेस गरियो, बयान हुँदै

    1.1K
    SHARES



    काठमाडौँ । नक्कली भारतीय नोट प्रकरणमा ६ वर्षको सजाय भुक्तान गरी छुटेलगत्तै पक्राउ परेका युनुश अन्सारीलाई प्रहरीले अदालतमा पेस गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा बयानका लागि पेसी तोकिएसँगै उनलाई प्रहरीले आइतबार अदालतमा पेस गरेको हो ।

    २०७६ जेठ १० मा अन्सारीसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरूबाट प्रहरीले त्यतिबेला ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको थियो ।

    सो प्रकरणमा सजाय भुक्तानीपछि अन्सारी गत जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए । छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फेरि नियन्त्रणमा लिई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गरेको थियो ।

    सीआईबीबो अनुसन्धान प्रतिवेदनका आधारमा गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिसको छ ।

    नेशनल टेलिभिजनको अध्यक्ष रहेको बेला प्रत्यक्ष/अप्रत्यक्ष रूपमा ११ करोड ६२ लाख रुपैयाँ खातामा जम्मा भएको तथा ११ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिएको थियो । खातामा भएका कारोबार हेर्दा अस्वभाविक कारोबार देखिएकाले अन्सारीले सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ ।

    अन्सारीविरुद्ध ९ करोड ९ लाख रुपैयाँ बिगो मागदाबी र बढीमा १५ वर्षसम्म कैद सजायको माग गरिएको छ । अन्सारीसहित उनकी श्रीमती सालमा खातुन, सर्लाहीकी प्रमिला अधिकारी र बाराका शुभेश्वर प्रसाद कुश्वाहलाई पनि प्रतिवादी बनाइएको छ । अन्सारीलाई पक्राउ गरी अदालतमा पेस गरिएकोमा अन्यलाई भने फरार प्रतिवादी कायम गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ