काठमाडौँ । राप्रपाले संसद् बहिष्कार गरेको छ । नियमाली अनुसार संसद् नचलेकाले बहिष्कार गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।
अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि राप्रपाका सांसदहरू बैठक छाडेर बाहिरिएका छन् ।
बैठकमा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसनमै उभिएर विरोध जनाइरहेको थियो ।
तर, केहीबेर अघि राप्रपाका सांसदहरू बैठक छाडेर निस्किएका हुन् । यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाइरहेका छन् ।
अर्थमन्त्री पौडेलले रोष्ट्रममा पुगेर आफ्ना कुरा राख्न थालेपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सभामुखको ध्यानाकर्षण गराएका छन् ।
यसैबीच यता रास्वपाले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उनको राजीनामा माग गर्दै संसद् भवनभित्रै भुईँमा बसेर रास्वपाले विरोध गरिरहेको हो । संसद्मा तर, गृहमन्त्री लेखक भने राजीनामा नदिने पक्षमा छन् ।
संसद्को अवरोध खुलाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रबिच दुई बुँदे सहमति भएपनि संसद्को अवरोध भने हट्न सकेको छैन ।
प्रतिक्रिया