• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेस बैठकमा गृहमन्त्रीले भने– गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा हुँदैन

    2.1K
    SHARES



    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा नहुने बताएका छन् ।

    मंगलबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै गृहमन्त्री लेकले अन्य दललाई पनि समावेश गरेर गठबन्धनलाई थप सशक्त बनाउन लाग्नु कांग्रेसका लागि फलदायी हुने बताए ।

    ‘गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौँ । अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ,’ गृहमन्त्री लेखकले बैठकमा भने, ‘अहिले अर्को विकल्पमा कुरा गर्न थाल्यौ भने गन्तव्यमा पुग्दैनौँ । कांग्रेसलाई ठिक हुँदैन । यही गठबन्धनमा कमीकमजोरीलाई सुधार गर्दै अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ ।’

    संयुक्त सरकार सञ्चालनका आधारभूत मान्यता, परम्परा र अभ्यासलाई उपयोग गरेर सरकार सञ्चालनको प्रयास भइरहेको समेत उनले बताए । गृहमन्त्री लेकले अगाडि भने,‘प्रयास गर्दागर्दै पनि कमीकमजोरी हुन्छन् । धेरै साथीहरू सरकारमा बस्नुभएको छ, नबसेका साथीहरूले पनि अवस्था बुझ्नु भएकै छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ