• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भोलिदेखि कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरण पूर्ण बन्द

    2.4K
    SHARES



    काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले भोलि (सोमबार) देखि लागु हुनेगरी कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरण पूर्ण रुपमा बन्द गर्ने भएको छ ।

    संघको शुक्रबार बसेको भेलाले २३ असारदेखि २९ असारसम्मका लागि संघमा आवद्ध उद्योगीलाई बोइलर र कलर बोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो ।

    पछिल्लो समय चल्ला उत्पादक किसानलाई समस्या परेको र लागत अनुसार मूल्य नपाएको भन्दै उक्त निर्णय गरिएको संघले जनाएको छ ।

    संघ अध्यक्ष लक्ष्मीदास श्रेष्ठले ह्याचरी व्यवसायमा अहिले देखिएको विषम परिस्थिति मध्यनजर गर्दै उत्पादन तथा बिक्री बन्द गर्ने निर्णयमा पुगेको बताए । उनले एक साता बन्द गर्दा बजार राम्रो हुन्छ कि भन्ने आशाले यसो गर्न लागिएको बताए ।

    उनका अनुसार, अहिले बोइलर फार्मिङ गर्ने किसान ६ सय हाराहारी छन् । २ वर्ष अगाडिसम्म ह्याचरी उद्योगमा ३ सय ५० बढी फर्म आबद्ध थिए । तर, अहिलेसम्म आइपुग्दा १ सयभन्दा पनि कम मात्रै आबद्ध रहेको उनी बताउँछन् ।

    नेपालमा अहिलेको बजार माग प्रतिसाता २० देखि २२ लाख मात्रै रहेको भए पनि उत्पादन भने प्रतिसाता ३० देखि ३५ लाख रहेको उनी बताउँछन् ।

    चल्ला बिक्री नहुँदा उत्पादक दानासमेत खुवाउन नसक्ने अवस्थामा पुगेको उनी बताउँछन् । त्यसमा पनि किसान बैंकको ब्याज समेत तिर्न हम्मे परिरहेको उनको भनाइ छ ।

    दुई महिना अघिसम्म चल्लाको मूल्य एउटाको ५५ देखि ६० रुपैयाँ थियो । अहिले चल्ला २० देखि २५ रुपैयाँमा पनि नबिकेको उनले बताए । यति उत्पादन बिक्री गर्न निकै गाह्रो परेको उनले बताए । उत्पादित चल्लाको माग नभएपछि ह्याचरी उद्योगहरू विस्थापित हुँदै गएको उनले बताए ।

    नेपाल पोल्ट्री महासंघ महासचिव दिनेशराज मिश्र सबै ह्याचरीको चल्लाको बिक्री मूल्य नआएर निरन्तर घाटा खानुभन्दा उत्पादन र बिक्री रोक्ने निर्णय किसानको पक्षमा भएको बताउँछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ