• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    कतारको अमेरिकी सैन्य बेसमा इरानको आक्रमण सुरु, सम्पूर्ण हवाई क्षेत्र बन्द

    5K
    SHARES



    इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामाथि सैन्य कारबाही सुरु गरेको दाबी गरेको छ। तेहरानस्थित सरकारी टेलिभिजनले अमेरिकी सेनाको प्रमुख बेस अल उदैद एयर बेसलाई निशाना बनाइएको जानकारी दिएको हो।

    यसैबीच, रोयटर्स र एएफपीले कतारको राजधानी दोहामा शक्तिशाली विस्फोटको आवाज सुनिएको रिपोर्ट गरेका छन्। आकाशमा फ्लेयर देखिएको जनाइएको छ, यद्यपि ती क्षेप्यास्त्र हुन् वा हवाई सुरक्षा प्रणालीले प्रक्षेपण गरेका फ्लेयर हुन् भन्ने पुष्टि भएको छैन।

    अमेरिकी सञ्चारमाध्यमहरूले यसअघि नै इरानले अल उदैद एयर बेसमाथि क्षेप्यास्त्र आक्रमण गर्ने तयारी गरिरहेको सूचना दिएका थिए। अमेरिकी अधिकारीहरूले पछिल्ला केही दिनदेखि सम्भावित आक्रमणको पूर्वानुमान गर्दै उच्च तयारी गरिरहेका थिए।

    दोहाबाट दक्षिण–पश्चिमतर्फ फैलिएको २४ हेक्टर क्षेत्रफलमा रहेको अल उदैद बेस सन् १९९६ मा स्थापना गरिएको हो। यहाँ करिब १० हजार अमेरिकी सैनिक तैनाथ छन्। यो अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको अगुवा मुख्यालय हो, जसले इजिप्टदेखि कजाखस्तानसम्मको सैन्य रणनीति निर्देशन दिन्छ।

    इरानी राष्ट्रपति मासउद पेजेश्कियानले इरान युद्ध चाहँदैन तर देशमाथि आक्रमण भयो भने त्यसको जवाफ दिन पछि नपर्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मा लेखेका छन्, “हामी जनताको सुरक्षाको पक्षमा उभिन्छौं र इरानको शरीरमाथि लागेको प्रत्येक घाउको जवाफ श्रद्धा, बुद्धिमत्ता र दृढताका साथ दिनेछौँ।”

    घटनाक्रमसँगै कतारको विदेश मन्त्रालयले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको घोषणा गरेको छ। हवाई सुरक्षा जोखिमका कारण यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ