• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    इसराइलसँगको १२ दिने युद्ध सकियो : इरानी विदेशमन्त्री अराघची

    4.5K
    SHARES



    काठमाडौँ । इसराइलसँगको १२ दिने युद्ध सकिएको इरानी विदेशमन्त्री अब्बास अराघचीले परोक्ष रूपमा बताएका छन्। उनले केही समयअघि सामाजिक सञ्जालमा लेख्दै इसराइललाई अन्तिम समयसम्म जवाफ दिएकोमा इरानी सेनालाई बधाइ दिएका छन्।

    ‘हाम्रो शक्तिशाली सेनाले इसराइली आक्रमणलाई जवाफ दिने काम अन्तिम मिनेट, बिहान ४ बजेसम्म जारी राख्यो,’ उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्।

    यसअघि उनले युद्धविराम हुनसक्ने संकेत गर्दै भनेका थिए, ‘इसराइलले तेहरानको समयअनुसार बिहान ४ बजेसम्ममा आक्रमण बन्द गर्‍यो भने हाम्रो पनि जवाफी कारबाही गर्ने कुनै इरादा छैन।’

    तेहरानको समय इसराइलको भन्दा आधा घन्टाअघि छ। इसराइलमा बिहान ४ बज्नेबित्तिकै अराघचीले सामाजिक सञ्जालमा लेखेका हुन्।

    उनले थप लेखेका छन्, ‘सबै इरानीसँगै म हाम्रा साहसी सुरक्षाकर्मीलाई पनि धन्यवाद दिन चाहन्छु जो हाम्रो देशको रक्षा गर्न शरीरमा रगतको अन्तिम थोपासम्म तयार थिए र जसले अन्तिम मिनेटसम्म शत्रुलाई जवाफ दिए।’

    यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इजरायल र इरानबीच युद्धविराम हुने जनाएका थिए। राष्ट्रपति ट्रम्पले गएराति सामाजिक सञ्जालमा लेखेका थिए, ‘इसरायल र इरानबिच पूर्ण युद्धविराम गर्ने सहमति भएको छ।’

    इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरेर मिसाइल प्रहार गरेको केही घण्टामा उनले यो युद्धविरामबारे सामाजि सञ्जालमा लेखेका हुन्।

    अमेरिकालाई सूचना दिएरै इरानले आफ्नो सैन्य अखडामा ती मिसाइल आक्रमण गरेको पनि ट्रम्पले दाबी गरेका छन्। इरानले हानेका १४ मध्ये १३ मिसाइल झारिएको र कुनै पनि अमेरिकी सैनिकलाई कुनै चोटपटक नलागेको राष्ट्रपति ट्रम्पले दाबी गरेको न्यु योर्क टाइम्सले जनाएको छ।

    इरानले अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गर्नुअघि नै युद्धविरामका लागि सहमत भएको आकलन गरिएको छ। अमेरिकाले आफ्ना आणविक केन्द्रहरूमा गरेको आक्रमणको बदलामा आफूले पनि अमेरिकी सैन्य अखडामा प्रहार गरेको भन्ने आफ्ना नागरिकलाई देखाउन मात्रै इरानले ती मिसाइल प्रहार गरेको आकलन गरिएको छ।

    न्युयोर्क टाइम्सका अनुसार उपराष्ट्रपति जेडि भान्सले ‘युद्ध सकिने देखिएको र साँचो शान्ति प्रक्रियाको सुरुवात गर्ने अवसर आएको’ बताएका छन्। तीन जना कूटनीतिज्ञलाई उद्धृत गर्दै टाइम्सले कतारले युद्धविरामका लागि भूमिका खेलेको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ