• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विज्ञान-प्रविधि

ओपनएआईले सार्वजनिक गर्‍यो सस्तो र सानो एआई मोडल जीपीटी–४ओ मिनी

4K
SHARES



काठमाडौं । अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले यसको नयाँ जीपीटी- ४ओ मिनी सार्वजनिक गरेको छ ।

यो सानो र सस्तो मोडल बिहीबारदेखि नै डेभलपर र वेब तथा एपमार्फत सबैका लागि उपलब्ध भएको ओपनएआईले जनाएको छ । यसले हाल बजारमा रहेका प्रमुख एआई कम्पनीहरूलाई टेक्स्ट र भिजनका सन्दर्भमा पछि पार्ने कम्पनीको दाबी छ ।

ठूला एआई मोडलका तुलनामा सानाले निश्चित काम तीव्र र प्रभावकारी तरिकाले गर्नुका साथै सस्तो हुने भएका कारण प्रयोग बढ्दै गएको छ ।

जीपीटी-४ओ मिनीले यसअघिको ओपनएआईको सानो मोडल जीपीटी-३ टर्बाेलाई विस्थापित गर्नेछ ।

यो मोडलले विभिन्न भाषामा मल्टिटास्किङ गर्नसक्ने क्षमता मापक- एमएमएलयू)को ८२ प्रतिशत स्कोर पाएको छ । जुन अहिलेसम्मका मोडलमध्ये सबैभन्दा धेरै भएको दाबी गरिएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ