• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय विज्ञान-प्रविधि

    उत्तर कोरियाली ह्याकरहरूले परमाणु र सैन्य सूचना चोर्ने प्रयास गरिरहेका बेलायत, अमेरिका र दक्षिण कोरियाको आरोप

    2.6K
    SHARES



    काठमाडाैं । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली ह्याकरहरुले परमाणु एवम् सैन्य मामिलासम्बन्धी गोप्य सूचना चोर्ने प्रयास गरेका आरोप लगाएका छन् । एन्डेरिअल एन्ड ओनिक्स स्लीट नामले चिनिने एउटा उत्तर कोरियाली ह्याकरहरुको समूहले विश्वभरिका सरकार तथा निजी कम्पनीलाई निसाना बनाइरहेकाे दाबी गरेका हुन् ।

    उत्तरकोरियाको सैन्य तथा परमाणु कार्यक्रमको महत्वकांक्षालाई अघि बढाउन त्यहाँको सरकारकै लगानी र संरक्षणमा ह्याकरहरुले रक्षा, एरोस्पेस, पारमाणविक र इन्जिनियरिङ संस्थाहरूबाट सूचना चोर्न बारम्बार प्रयास गरेका अमेरिका, बेलायत र दक्षिण कोरियाले निकालेको संयुक्त विज्ञप्ती जारी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    उत्तर कोरियाली समूहले पछिल्लो समय यूरेनिअम सम्वर्धनदेखि ट्याङ्क, पनडुब्बी तथा पानीजहाजमा आक्रमण गर्न पानीभित्र प्रहार गरिने बमसम्मका जानकारी लिन खोजिरहेको उक्त विज्ञप्तीमा भनिएकाे छ । ह्याकरको यो समूहले बेलायत, अमेरिका, दक्षिण कोरिया, जापान, भारतसहित कैयौँ देशलाई निसानामा पार्न खोजेको आराेप पनि लगलइएकाे  छ ।

    यस अघि पनि उत्तर कोरियाली ह्याकरहरुले विभिन्न संस्थाहरुलाई ह्याकिङ गरेर फिरौती रकम माग गर्ने गरेकाे आराेप लाग्ने गरेकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया