• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    सबै फोनमा निःशुल्क स्याटलाइट कल सेवा दिने एलन मस्कको घोषणा

    2.1K
    SHARES



    काठमाडौं । एलन मस्कले सबै फोनमा निःशुल्क स्याटलाइट कल सेवा दिने घाेषणा गरेका छन् । बुधबार एक एक्स पोस्टमा रिप्लाई दिँदै अर्वपति मस्कले सबै मोबाइल प्रयोगकर्ताका लागि निःशुल्क सेलुलर स्टारलिङ्कको सेवा दिने घोषणा गरेका हुन् ।

    उनले मोबाइल फोनहरूका लागि आपतकालीन अवस्थामा सेलुलर स्टारलिङ्क सेवा निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता दिएका हुन् । एक एक्स प्रयोगकर्ताले स्टारलिङ्कले अमेरिकाको फेडरेल कम्युनिकेसन कमिसन (एफसीसी)लाई पठाएको पत्र राख्दै कम्पनीको ‘डाइरेक्ट टु सेल’ प्रविधि बरदान हुने उल्लेख गरेका थिए । स्याटलाइट कनेक्टिभिटी सेवा भएको टी-मोबाइल, आईफोन १४ तथा पछिका मोडेल, ह्वावे मेट ६० प्रो लगायतका फोनमा उपलब्ध छ ।

    केही सीमित कम्पनीका प्रयोगकर्ता बाहेक अन्य मोबाइल प्रयोगकर्ताका लागि यो सेवा उपलब्ध छैन । उनीहरूका लागि सेलुलर टावर नटिप्ने ठाउँमा आपतकालीन अवस्थामा स्याटलाइट कनेक्टिभिटी आवश्यक पर्ने ती प्रयोगकर्ताको आशय थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ