• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कला साहित्य

छाउ गोठको घाउ

25.5K
SHARES



छाउ गोठको घाउ

अँध्यारो रातमा

स्वा स्वा आवजले झस्किएँ !

मध्य रातमा

म चिच्चाएँ

कराएँ

रोएँ

मस्त रातसँग

सुतेको गाउँले

न मलाई सुन्यो

न देख्यो !

गिद्द्ले सिनो लुछे झै

मेरा स्तनहरु

मेरो नितम्ब !

रक्ताम्य बनाए

चपाइएका मेरा कलिला ओठ

मेरो अस्तित्व लुटिएको

छाउगोठ !

आज भत्काइयो रे

म , मेरो

भत्किएको मन जोड्न

कुन रसायनको प्रयोग गरुँ

बिन्ती मेरो !

मेरो !!!!

अस्तित्व लुट्ने दानबको

पार्टी सदस्यता न हेरिदिनु

मेरा बा को

पार्टी नहेरी दिनु

म जस्तै तपाईंको छोरीले

छाउ गोठको

घाउ बोकेर पटक पटक मर्नु नपरोस्

हिक्मत रावल

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ