• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एमाले सचिवालय र पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दै

    57
    SHARES



    काठमाडौँ । नेकपा एमालेले आजबाट लगातार तीन वटा बैठक बोलाएको छ ।

    एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार आज बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको छ भने दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ ।

    कार्यदल र सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने तय भएको छ । कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने तयारी छ ।

    एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा गठित कार्यदलभित्रै संयोजक बादल र महासचिव शंकर पोखरेलका अलगअलग दुई प्रतिवेदन बनेपछि विवाद भएको थियो ।

    त्यसपछि पुन बादल, विष्णु पौडेल र महासचिव पोखरेललाई दुवै प्रतिवेदन एकीकृत गरेर एउटै प्रतिवेदन तयार गर्न कार्यदलले जिम्मा दिएको थियो । पोखरेलको प्रतिवेदनमा चुनावी हारको जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने सुझाव समेटिएको थियो भने थापाको प्रतिवेदनमा अध्यक्षको बचाउ गरिएको थियो ।

    सचिवालय बैठकमा कार्यदल प्रतिवेदन र केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुनेछ । एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरस्थित रामबाग महल भनिमण्डलमा बस्ने तय भएको एमालेले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ