• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कला साहित्य

    महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

    22.8K
    SHARES



    काठमाडौँ । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३ औँ कथा दिवसको अवसर पारेर उनलाई उक्त्त सम्मान समर्पण गरेको हो ।

    काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले दाहाललाई सम्मान पत्र, दोसल्ला, खादा माला लगाइदिएर सम्मान गरेका थिए । सो अवसरमा ‘मैनाली कथा पुरस्कार’ कथाकार नरेन्द्रराज पौडेललाई, साहित्यकार सिर्जना शर्मालाई ‘लोकप्रिय पुरस्कार’ र कवि ठाकुर बेलवासेलाई ‘व्यथित काव्य सम्मान’ समर्पण गरिएको थियो ।

    कथाकार पौडेललाई नगद ५१ हजार राशिसहित मैनाली कथा पुरस्कारबाट सम्मानित गरिएको थियो भने लोकप्रिय पुरस्कारबाट १० हजार १ सय राशिसहित साहित्यकार शर्मा पुरस्कृत भएका हुन् । कार्यक्रममा समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतम र समालोचक ज्ञानु अधिकारीले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूका बारे आ-आफ्नो मन्तव्य राखेका थिए ।

    यसैगरी शारदाकालीन कवयित्री लोकप्रिय देवीकी सुपुत्री शशि रिमालले ‘लोकप्रिय’ बारे कविता वाचन गरेकी थिइन् भने नेपाल स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ‘रोदन’ले पुरस्कार निर्णायक समितिको धारणा प्रस्तुत  गरेका थिए ।

    साहित्यिक पत्रकार सँघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व भएको सो कार्यक्रममा अन्य अतिथिहरू प्रा.डा. सुरेन्द्र के.सी, साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, समाजसेवी तथा गीतकार शोभित उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

    लाब्री, तेह्रथुमका कवि खेमनाथ दाहालका श्वेतपत्र (महाकाव्य), रश्मि (खण्डकाव्य) तथा श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु जस्ता कवितासङ्ग्रह प्रकाशित छन् । यस्तै उनका यात्राको सिकर्नी र अहोरात्र जस्ता कृति पाठकमाझ आएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया