• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कला साहित्य

    सुरेश राईको ‘सम्झनाको फोटोकपी’ सार्वजनिक

    2.7K
    SHARES



    काठमाडौँ । सुरेश राईको पहिलो कृति कवितासङ्ग्रह ‘सम्झनाको फोटोकपी’ सार्वजनिक भएको छ । कौशलटारस्थित साहित्यपोस्टको कार्यालयमा आयोजित एका कार्यक्रमका बिच कृतिको विमोचन गरिएको हो ।

    राईकी हजुरआमा टीकाहीरा राई, बुवा बुद्धिराज राई, फुपू रत्नहीरा राई तथा साहित्यपोस्टका सम्पादक अश्विनी कोइरालालगायतले पुस्तकको विमोचन गरेका हुन् । कवि सुरेश भने हाल दक्षिण कोरियामा कार्यरत रहेका छन् ।

    कार्यक्रममा राईकी दिदी सविता राई, बहिनी निशा थापा मगर, दाजु तेजकुमार राईलगायतले सङ्ग्रहबाट एक-एक थान कविता वाचन गर्नुका साथै सुरेशको लेखनप्रतिको झुकावमा बारेमा बोलेका पनि थिए । त्यस्तै, राईकी हजुरआमा, बुवा र फुपूले कवि राईको कृति सफलताका लागि आर्शीवाद व्यक्त गरेका थिए ।

    साहित्यकार शरद् प्रधानले साहित्यपोस्टका नवपुस्ताका लेखक-साहित्यकारलाई पहिचान गरी प्रकाशन गर्दै आएको स्मरण गर्दै कवि राईलाई पुस्तकका लागि शुभकामना व्यक्त गरे । साहित्यपोस्ट प्रधानसम्पादक अश्विनी कोइरालाले राई कवि मात्र नभएर ‘संस्कारित कवि’ भएको उल्लेख गर्दै विमोचन समारोहको समापन गरेका थिए ।

    कार्यक्रमको सञ्चालन कृष्ण ढुङ्गेलले गरेका थिए भने पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । ५३ शीर्षकका कविता सङ्ग्रहित कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ