• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    गाजाको रफाहमा आक्रमण गर्ने इजरायलको चेतावनीप्रति राष्ट्रसङ्घको आपत्ति

    2.2K
    SHARES



    काठमाडौँ। इजरायलले गाजाको रफाह सहरमा आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्र सङ्घले आपत्ति जनाएको छ ।

    राष्ट्रसङ्घले इजरायलले रफाहमा आक्रमण गरे यो निकै विनाशकारी घटना हुने जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

    रफाहमा १० लाखभन्दा बढी शरणार्थी र स्थानीयसहित लाखौँ मानिस बसोबास गरिरहेको भन्दै यस्तो निर्णय नलिन इजरायललाई राष्ट्रसङ्घले आग्रह गरेको खबरमा भनिएको छ ।

    यसअघि इजरायलले विद्रोही समूह हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० अर्थात् फागुन २७ गतेसम्म रिहा नगरे रफाहमा कडा आक्रमण गर्ने चेतावनी दिएको थियो।

    यस वर्षको मार्च १० देखि रमजान शुरु हुँदैछ । यसैलाई लक्षित गरेर इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न भनेको हो । इजरायलले अस्पतालहरुमा सैन्य अभियान चलाइरहेकोप्रति पनि राष्ट्रसङ्घले आपत्ति जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ