• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गीत-सङ्गीत भिडियो

    चन्दन र समिक्षा अभिनित ‘जीन्दगी बर्बाद’ सार्वजनिक (भिडियोसहित)

    8.2K
    SHARES

    काठमाडौं । नेपाली गीतसंगीतको संरक्षण र प्रवर्दनका लागि ‘समर्पण’ सांगेतिक समुह मार्फत स्तरिय संगीत सिर्जनाहरु सार्वजनिक गर्दै आएका युवा संगीतकर्मी लभ ध्वज केसी र चन्दन ध्वज केसीले आफ्नो नयाँ म्युजिक भिडियो ‘जिन्दगी बर्वाद’ सार्वजनिक गरेका छन्।

    पहिला नै अडियो भर्सनमा सार्वजनिक भैसकेको यो गीत धेरै स्रोता माझ लोकप्रिय बनिसकेका छ। मुलत थारु भाषा र अंग्रेजी र्‍‍यापको फ्युजन यस गीतमा दुई दाजुभाई लब ध्वज केसी र चन्दन ध्वज केसीको स्वर सुन्न सकिन्छ। गीतमा शब्द ,संगीत लब धोज केसी र कुश ध्वज केसीको रहेको छ। यस गीतलाई किरण तुलाधरले संगीत संयोजन गरेका हुन्।

    नवलपरासी घर भै हाल काठमाण्डौमा आफ्नो संगीत यात्रा अघि बढाइरहेका केसी दाजुभाईले स्थानिय पर्यटन प्रवर्दनको उदेश्य सहित म्युजिक भिडियोको छायांकन नवलपरासी वरपर नै गरेका हुन्। म्युजिक भिडियोमा गायक चन्दन ध्वज केसी र समिक्षा पोखरेल फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन्। प्रकाश धितालको निर्देशनमा भिडियो तयार पारिएको हो।

    पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसँगै मौलिकपना झल्किने नेपाली गीतसंगीत युवाहरुले भुल्न थालेकोले नयाँपन सहित आजको पुस्ता माझ परिचित गराउन र कलाकारलाई स्रोता दर्शक माझ चिनाउनका लागि यो म्यूजिक भिडियोसहितको गीत बजारमा ल्याएको गायक दाजुभाई केसीले बताएका छन्।

    दशैँको शुभकामना सहित ‘टिम समर्पण’को अफ़िसिएल च्यानल मार्फत सार्वजनिक यस भिडियोलाई साथ , सपोर्ट र माया गरिदिन निर्माण टिमले सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ